सुडान : युद्ध विराम बढाइयो, सङ्घर्ष जारी

सुडानमा सेना र र्यापिड फोर्सेस बीच तीन दिनको युद्ध विराम समाप्त हुनुअघि नै यसलाई ७२ घण्टाका लागि बढाउने कुरामा बिहीबार सहमति बनेको छ । छिमेकी देशका साथै अमेरिका, ब्रिटेन र संयुक्त राष्ट्रको कोसिसका कारण युद्ध विराममा सहमति बनेको छ तर राजधानी खार्तूमबाट पनि सङ्घर्षको खबर लगातार आइरहेको छ ।
पछिल्लो युद्ध विराममा हज्जारौ मानिस सुरक्षित स्थानमा जान सकेका थिए जबकी दर्जनौँ देशले आफ्नो नागरिकलाई निकाल्ने कोसिस गरेका थिए । सेना र र्यापिड सपोर्ट फोर्सेस बीच दुई हप्तादेखि लडाइँ चलिरहेको छ जसमा हालसम्म सयौँ मारिएका छन् ।
यो भिडन्तको केन्द्रमा दुई जना जनरल छन् । सुडानी सशस्त्र बल (एफएएस) का प्रमुख अब्देल फताह अल–बुर्हान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का नेता मोहम्मद हमदान दगालो जसलाई हेमेदतीको नाम पनि चिनिन्छ ।
अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले अमेरिका युद्ध विराम बढाउनका लागि ‘निकै सक्रिय रूपमा काम गरिरहेको’ बताएका छन् ।
तर ह्वाइट हाउसकी प्रवक्ता काराइन जिन–पियरेले स्थिति जुनसुकै बेला बिग्रन सक्ने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता