कर्णाली प्रदेश
कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत
शुक्रबार, १५ वैशाख २०८०, १५ : २१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेशसभाकाे १४ औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् । उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
प्रदेश सरकारको काम कारबारीका लागि ६१ बुँदे निर्देशन जारी भइसकेकाले त्यसको कार्यान्वयन देखिन थालेको उनले बताए । शर्माले विश्वासको मत माग्दै भने, ‘मुख्यमन्त्रीको आफू, तथ्य र तथ्यांकसहित अग्रसर हुने भएकाले विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीरबाट लडेर दुई जनाको मृत्यु
-
टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचामा तनाव, डीएसपी घाइते
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
-
युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौताका लागि तयार भयो रुस
-
मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू
-
वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए