पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं : रास्वपा प्रवक्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मुकुल ढकालले पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको ढकालले बताए ।
‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छौं । अब केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर छलफल गर्नुपर्यो’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘बैठक कहिले राख्ने भन्ने विषयमा परामर्श गर्दैछौं । बैठक बसेर आधिकारिक निर्णय हुनेछ ।’ सरकारलाई दिएको समर्थन फिर्ता किन लिँदछौ भन्ने विषयमा बैठकमा गम्भीर छलफल हुने ढकालले बताए ।
प्रचण्ड नेतृत्वको सरकार बनाउने क्रममा गत पुस १० गते राष्ट्रपतिलाई हस्ताक्षर बुझाउने बेला रास्वपा सरकारमा सहभागी भएको थियो । सो पार्टीले गत माघ २२ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले दुईपटक विश्वासको मत लिँदा दुवैपटक मत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?