गण्डकी प्रदेश
गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ
शुक्रबार, १५ वैशाख २०८०, १२ : ३७

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन् । माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराएका हुन् । बिहीबार प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा बनेका छन् । सपथ लगत्तै पाण्डेले कार्यभार समाल्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?