शपथ
रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित
शुक्रबार, १५ वैशाख २०८०, १३ : ३०

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।
उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित रहे । उनी बारामा रहेकोले उनी शपथमा सहभागी नभएका हुन् ।
उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।