आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

ट्र्याक्टरमा लोड गरेको रडले घोच्दा सैनिक जवानको मृत्यु

शुक्रबार, १५ वैशाख २०८०, ११ : २७
शुक्रबार, १५ वैशाख २०८०

बारा । बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।

बा८०प  ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको ट्र्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए । ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृतक राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप