पूर्व प्रेमीसहित १२ जनाको हत्या आरोपमा बैंककमा महिला पक्राउ
शुक्रबार, १५ वैशाख २०८०, १० : ४७

बैंकक । आफ्ना १२ साथी र चिनजानलाई साइनाइड खुवाएर मारेको आरोपमा थाई प्रहरीले एक महिलालाई पक्राउ छ । प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि ती महिलालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन् । खानभोङको यात्राकै क्रममा मृत्यु भएको थियो । त्यस क्रममा ती संदिग्ध महिला उनीसँगै थिइन् । प्रहरीले पैसाका लागि रंग्सिवुतापोर्नले ती महिलाको हत्या गरेको आरोप लगाएको छ । यस विषयमा अनुसन्धान गरिसकेपछि प्रहरीले रंग्सिवुतापोर्नले आफ्नो पूर्व प्रेमी सहित अन्य ११ जनाको पनि हत्या गरेको बताएको छ। तर, उनले प्रहरीले लगाएको आरोप अस्वीकार गरेकी छन् । पक्राउ परेका महिलाको धरौटीमा छाड्ने निवेदनसमेत खारेज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?