मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषधसहित झापाबाट ३ जना नियन्त्रणमा

शुक्रबार, १५ वैशाख २०८०, ०९ : ०३
शुक्रबार, १५ वैशाख २०८०

झापा । प्रतिबन्धित लागुऔषधसहित झापाबाट ३ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षाका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षाका विक्रम दनुवार रहेका छन् । 

निजहरूको साथबाट लागूऔषध खैरो हेरोइन ७० ग्राम फेला परेकोले ३ जनालाई नै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान  सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप