लुम्बिनीका मुख्यमन्त्रीको शपथग्रहण आज, मन्त्रीहरूको अझै छैन टुङ्गो
शुक्रबार, १५ वैशाख २०८०, ०८ : २६

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपराह्न १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरूले शपथ लिन्छन् कि लिन्नन् भन्ने अझै टुङ्गो भने लागेको छैन।
यद्दपि मुख्यमन्त्री चौधरीले मन्त्रीहरूका आकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल