एलआरआई स्कुल र रसियन संस्थाबीच संयुक्त हस्ताक्षर

काठमाडौं । काठमाडौं कलंकीको एलआरआई स्कुल, स्टेट अटोनोमस एडुकेसनल इन्सट्यूट अफ एडिसनल प्रोफेसनल एजुकेसन अफ मस्को सिटी “सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” र अटोनोमस नन् प्रफिट अर्गनाईजेसन “स्कुल अफ द सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त संस्थाहरुबीच शैक्षिक, सांस्कृतिक तथा ऐतिहासीक सिकाइ तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको हो । अनलाईन प्रविधि मार्फत त्रिपक्षीय उपस्थितिमा एलआरआईका प्राचार्य डा. देबकान्त जोशी र रसिया मस्को संस्थाका डाइरेक्टरहरु आर्टम सिसोभ तथा भिक्टर फुरिनले आज आयोजित एक समारोहबीच सम्झौता सम्पन्न भएको हो ।
हरेक विद्यार्थीहरु आफैमा विशिष्ट क्षमताका हुने भन्दै तिनीहरुको क्षमतालाई नियमित शैक्षिक अध्ययनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको अवलोकन भ्रमणले थप प्रभावकारी एवंम शसक्त बनाउन मद्दत पुग्ने प्रा.चार्य डा. जोशी बताए ।
सम्झौता कार्यक्रम अन्तर्गत दुबै देशका विद्यार्थीहरुले एक अर्काका देशको भ्रमण गरि शिक्षा प्रणाली, सांस्कृतिक, ऐतिहासिक तथा मनोरन्जनात्मक गतिविधिहरुमा प्रत्यक्ष सहभागी भई अनुभव हासिल गर्नेे मौका पाउने छन् ।
एलआरआई.स्कुलले विगत लामो समय देखि विश्वका १७ वटा मुलुकका विद्यालयहरुसंग सम्झौता गरी शैक्षिक, ज्ञान, सिप तथा सांस्कृतिक महत्वका विषयमा जानकारी आदान प्रदान गर्दै आएको छ । कोभिडका कारण सो कार्यक्रम स्थगन भएको थियो ।
हाल जनजीवन सामान्य भए संगै कार्यक्रमलाई निरन्तरता दिन रुसको संस्थासँग नयाँ सम्झौता गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए ।
वर्तमान विश्वव्यापीकरणको समयमा यस्ता जानकारी मुलक अन्तराष्ट्रिय स्तरका भ्रमणले विद्यार्थीहरु आत्मविश्वास, आत्मअनुशासन, समाजिकिकरण, सिक्ने भावना जस्ता व्यवहारमा सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनवाट पुष्टि भएको विद्याँलयले जनाएको छ ।
कार्यक्रम अन्तर्गत रसीयन टोलीले जेठ महिनामा नेपालको भ्रमण गर्ने कार्यक्रम तए भएको एलआरआई नेपाल तथा रसीया शैक्षिक आदान प्रदान कार्यक्रम संयोजक कौशल पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’