डाबर नेपालको नर्सरीमा मिस नेपालका प्रतियोगी

काठमाडौँ । मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू बुधबार बनेपास्थित डाबर नेपालका नर्सरीमा पुगेका छन् । भ्रमणमा प्रतियोगीहरूले वातावरणीय समस्याहरूलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाएको कम्पनीले जनाएको छ ।
सहभागीहरूले यहाँको विश्व स्तरीय हरित गृह सुविधाको पनि निरीक्षण गरेका थिए । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटीको संरक्षण गर्दै आएका र यी जडीबुटी डाबरका विभिन्न उत्पादनहरूमा पनि प्रयोग गर्दै आएका छन् ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरूलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ । हामीलाई विश्वास छ की प्रतियोगीहरूलाई यस प्रकारको एक्सपोजरबाट उनीहरूले वातावरण र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्षम हुने छन् ।
डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरित गृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा सङ्कटग्रस्त प्रजातिको प्रर्वद्धन र खेती गर्दछ र ५० वटा सहकारीमार्फत जडीबुटी खेती गरी किसानहरू को जीविकोपार्जनलाई वैकल्पिक श्रोतको रूपान्तरण दिएको छ । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने
-
१३ हजार ८५० करोड भारु घोटालाका आरोपी हीरा व्यापारी बेल्जियममा पक्राउ
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
-
अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना
-
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन