सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौँ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मृत्यु भएकोले निजको हकवाला आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।
सानिमा बैंकका मधेस प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे ।
स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. २५ हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन
-
नेपालमा लसुनको अस्वाभाविक आयात