फाइनलमा एपीएफ र पुलिस भिड्ने

ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्यो ।
रोमाञ्चक खेलमा एपीएफले सुरुआती दुई सेट २५-२१ र २५-२२ ले जितेको थियो । तर, तेस्रो र चौंथो सेट आर्मीले २५-१२ र २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेट एपीएफले १५-१२ ले आफ्नो पक्षमा पार्यो ।
यस्तै पहिलो सेमिफाइनलमा पुलिस क्लबले न्यु डायमण्ड क्लबलाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले न्यु डायमण्डमाथि २५-१६, २५-१४ र २५-१७ को जित निकालेको हो ।
महिलातर्फ न्यु डायमण्ड र आर्मीले तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानका लागि दुई टोली शुक्रबार भिड्ने छन् ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएको छ । पुलिसले एपीएफलाई २८-२६,२५-२१,१८-२५ र २५-१८ ले हराएको हो ।
यस जितसँगै पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
पुरुषतर्फ नै ललितपुर महानगरपालिकाले सूर्य विनायक यूथ क्लबलाई ३-० ले हराएको छ । ललितपुरले सूर्य विनायकलाई २५-११,२५-१० र २५-१४ ले हराएको हो । जितसँगै ललितपुर पनि सेमिफाइनल पुगेको छ ।
पुरुषतर्फ पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् ।
दोस्रो सेमिफाइनलमा पुलिस र ललितपुर महानगरपालिका भिड्ने छन् । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
प्रतियोगिताको महिला र पुरुषको फाइनल शनिबार हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरी १५ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण