सरकारले हरेक शुक्रबार सरसफाइ अभियान चलाउने
बिहीबार, १४ वैशाख २०८०, १८ : ४६

काठमाडौँ । सरकारले हरेक शुक्रबार सरसफाइ अभियान चलाउने चलाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै हरेक शुक्रबार दश मिनेट सरसफाइ अभियान चलाउन जनाएको हो ।
सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारीले साढे १० बजे दश मिनेट सरसफाइ गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ । सरकारले डेंगी संक्रमण नियन्त्रण यो अभियान चलाएको जनाएको छ ।
सरसफाइ अभियान सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैको सहभागितामा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले आग्रह गरेका छन् ।
मन्त्रालयले डेंगी संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का