युद्धविरामका बीच सुडानमा हवाई हमला

एजेन्सी । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक ¥यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ) लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक हमला भएका विवरण प्राप्त भएका छन् ।
व्यापार र विकासका लागि गठित आठ वटा अफ्रिकी देशको अन्तरसरकारी परिषद् आइजिएडीले जारी युद्धविरामलाई थप ७२ घण्टाका निम्ति लम्ब्याउन दक्षिण सुडानको राजधानी जुबामा वार्ताको प्रयत्न गरिरहेका बेला खार्तुममा पुनःयुद्ध चर्केको हो । प्रत्यक्षदर्शीका अनुसार हवाई हमलाका अतिरिक्त जमिनमा दुवै पक्षबीच गोली हानाहान भइरहेको छ । गोलीबारुद विष्फोटका चर्का आवाज सुनिएका छन् ।
युद्धविरामको अवधि अरु तीन दिन बढाउने आइजिएडीको प्रस्तावलाई सुडानी सेना प्रमुख बुरहानले सहमति जनाएका तर उनका प्रतिद्वन्द्वी डग्लोबाट स्पष्ट जवाफ प्राप्त नभएको सैनिक अधिकारीहरूले बताएका छन् । तेह्र दिनदेखि जारी युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको सङ्ख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक