राजधानीको बाँसबारीमा खुला व्यायामशाला सञ्चालनमा
![राजधानीको बाँसबारीमा खुला व्यायामशाला सञ्चालनमा](https://npcdn.ratopati.com/media/news/340205530_770658471128893_9207616893755013082_n_x5kiyGCyKp.jpg)
काठमाडौँ । पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित बाँसबारीमा खुला व्यायामशाला सञ्चालनमा आएको छ । बाँसबारी क्लबको प्राङ्गणमा खुला व्यायामशाला निर्माण भएको हो ।
व्यायामशालामा अत्याधुनिक १६ प्रकारका सामग्री र उपकरण रहेका छन् । सहरवासीका स्वस्थ्य जीवनका पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण राखिएको वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले बताए।
जडान गरिएका सामग्रीहरूमा एअर वकर, एब्डोमिनल फिटनेस कम्बिनेसन, सिङ्गल र डबल स्किलिङ् मेसिन, सिङ्गल फिटनेस राइडर, लेग प्रेस, सिङ्गल रोइङ् मेसिन, पुल चेयर, डबल स्प्लिट मेसिन, लेग एक्स्टेन्सन एण्ड फिटनेस राइडर, लेग लिफ्टरका साथै बसेर तथा उठेर ट्वीस्टर गर्ने मेसिन रहेको उनले बताए।
खुला स्थानको उपयोगमा सर्वसाधारण सबैलाई आकर्षित गर्न व्यायामशाला बनाइएको बताइएको छ । महाराजगञ्जको शिवमार्ग, रानीबारी मार्ग र धारापाटीमा रहेको सामुदायिक सेवा केन्द्रको परिसरमा पनि यसै वर्ष यही स्तरको सेवा सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?
-
अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोको दोस्रो विमान पनि जफत