सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

६ महिनामा चार जना आफन्तको मृत्यु देखेर आत्तिएका थिए अभिनेता, बनेका थिए सन्न्यासी

बिहीबार, १४ वैशाख २०८०, १५ : ४५
बिहीबार, १४ वैशाख २०८०

दिग्गज अभिनेता विनोद खन्ना बलिउडका निकै चर्चित नाम थिए । स्क्रिनमा जति बेला देखिन्थे आफ्नो दमदार भूमिकाले धेरैलाई प्रभावमा पार्दथे ।

तर एक समय यस्तो पनि आयो जब विनोद खन्नाले बलिउडको चकाचौँध छोडेर सन्न्यासी बन्ने निर्णय लिए । उनी ओशोको शरणमा गए । उनको यो निर्णयमा पूरा बलिउडलाई विश्वास लागिरहेको थिएन ।

विनोद खन्नाले एक अन्तरवार्तामा भनेका थिए, ‘मेरो परिवारमा ६–७ महिनामा चार जनाको निधन भयो । तीमध्ये मेरी आमा र प्यारी बहिनी थिए ।

vinod khanna_‘म भित्रै देखि आत्तिएको थिएँ । मलाई लाग्यो कि एक दिन म पनि मर्नेछु । डिसेम्बर १९७५ मा मैले तत्काल निर्णय गरेँ – ‘मलाई ओशो भए ठाउँ जानु छ’ ।’

‘एक अभिनेताको रूपमा दर्शन गर्न पुग्दा ओशोले मलाई सोधे – के तिमी संन्यासका लागि तयार छौ ? ’ विनोद खन्नाले भने, ‘मलाई थाहा छैन तर तपाईंको प्रवचन मलाई असाध्यै राम्रो लाग्छ ।’’

ओशोले अभिनेतालाई संन्यास लिन भने र उनले तुरुन्तै माने । सन्न्यासी बनेपछि उनले आफ्नो नाम स्वामी विनोद भारती राखे ।

विनोद खन्ना ओशोको शरणमा जानका लागि अमेरिकासम्म पुगे । त्यहाँ विनोदले मालीको काम गरे । आश्रममा शौचालय सफा गर्ने र भाँडा माझ्ने काम गरे ।

ओशोको शरणमा चार–पाँच वर्ष बिताएपछि विनोद खन्ना भारत फिर्ता भए । उनी बलिउडमा फिर्ता हुन तयार थिए । त्यति बेला फिरोज खानले उनको मद्दत गरे । 

vinod khanna2सन् १९८७ मा विनोद खन्ना फिल्ममा फिर्ता भए । उनले डिम्पल कपाडियासँग फिल्म इन्साफमा काम गरे । विनोदलाई स्क्रिनमा देखेर धेरै जना खुसी भए । 

स्क्रिनमा उनले लामो समय काम गरे । त्यसपछि एक दिन क्यान्सरका कारण २७ अप्रिल सन् २०१७ मा उनको मुम्बईमा निधन भयो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप