भारतमा कोरोनाका बिरामीको सङ्ख्यामा झिनो गिरावट
बिहीबार, १४ वैशाख २०८०, १५ : ३७

नयाँ दिल्ली । अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार नौ हजार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने आज नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ । यो सङ्क्रामक रोगबाट आज २६ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।
हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह