आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

विश्वको आधा जनसङ्ख्यामा हुन्छ दिमाग नियन्त्रण गर्ने परजीवी, कस्तो होला यसको उपचार ?

बिहीबार, १४ वैशाख २०८०, १५ : ११
बिहीबार, १४ वैशाख २०८०

प्यारासाइट टोक्सोप्लाज्मा गोन्डी त्यो परजीवी हो जुन विश्वको आधा जनसङ्ख्याको दिमागमा लुकेको हुन्छ । यद्यपि, यसका लक्षण सायदै कहिल्यै देखिन्छ । तर यदि यो परजीवीले मुसालाई सङ्क्रमित गर्‍यो भने यसले उक्त मुसाको दिमागलाई नियन्त्रण गरेर व्यवहार परिवर्तन गर्न सक्छ ।

अब अनुसन्धानकर्ताले आफूहरू मानिसमा टि. गोन्डी सङ्क्रमणको उपचार नजिक पुगेको दाबी गरिरहेका छन् । यो परजीवी आफ्नो निष्क्रिय र रक्षात्मक स्थितिमा हुने भएकोले आजीवन मानिसको शरीरमा हुनसक्छ । यसलाई ‘माइन्ड कन्ट्रोल प्यारासाइट’ भनिन्छ । टि. गोन्डीले मुसाको दिमागलाई आक्रमण गरे मुसा आफैँ बिरालोको सिकार बन्न त्यसको अगाडि जान्छ ।

blood cells1तर यसले मानिसको दिमागलाई पनि यसरी नै नियन्त्रण गर्न सक्छ कि सक्दैन भनेर वैज्ञानिकसँग सटिक जानकारी छैन । केही शोधले यसले आक्रामकता, इम्पल्सिभ बिहेवियर र सिजोफ्रेनियाजस्ता चिज हुनसक्ने बताएका छन् । जबकि कति शोधले यसको खण्डन गर्छ ।

टि. गोन्डी भएका मानिसमा खासै केही लक्षण देखिँदैन । तर विरलै देखिने यसको सङ्क्रमणले हल्का फ्लुजस्तो लक्षण वा कहिलेकाहीँ गम्भीर रोग भने निम्तिन सक्छ । यसले भ्रूण, नवजात शिशु र कमजोर प्रतिरोधी क्षमता भएका मानिसमा गम्भीर टोक्सोप्लाजमोसिस हुने सबैभन्दा बढी खतरा हुन्छ जसले आँखा र मस्तिष्कलाई क्षति पुर्‍याउनुका साथै यो कहिलेकाहीँ घातकसमेत हुनसक्छ ।

blood cells2उक्त परजीवी आफ्नो ‘टेकीजोइट’ अवस्थामा भने तीव्र रूपमा फैलने गर्छ । तर एक इम्युन अट्याकजस्तो तनावपूर्ण परिस्थितिमा टी.गोन्डी मस्तिष्क र मांसपेशीको तन्तुमा पुग्छ र ‘ब्राडिजोइट’ मा रूपान्तरण हुन्छ । यसले आफूलाई एक सिस्टको घेरामा कैद गर्छ र सक्रिय हुनका लागि पर्खन्छ । प्रतिरोधी कोशिका र वर्तमानको उपचार पद्धतिले टेकिजोइटबाट छुटकारा त पाउन सकिन्छ तर यसले ब्राडिजोइटलाई सुरक्षा दिएर राखेको सिस्टबाट जोगाउन भने सक्दैन ।

प्यारासाइटोलोजिस्ट सेबस्टियन लौरिडो र उनका साथीले पहिला एउटा प्रोटिन पत्ता लगाएका थिए जसले टेकिजोइट्सलाई ब्रोडिजोइट्समा परिवर्तन गर्नका लागि आवश्यक जिनलाई ‘अन’ गर्ने गर्दथ्यो । उनीहरुले यसलाई ब्रोडिजोइट–फर्मेसन डिफिसिइन्ट (बीएफडी१) नाम दिए । नेचर माइक्रोबायोलोजी नामको जर्नलमा प्रकाशित एक नयाँ शोधका अनुसार टोलीले बीएफबी१ लाई नियमन गर्ने अर्को ट्रान्सक्रिप्सन कारक पत्ता लगाए, जसलाई उनीहरुले बीएफडीटु नाम दिए । अनुसन्धानकर्ताले विभिन्न प्रयोग गरे, त्यसपछि उनीहरुले बीएफडी१ र बीएफडीटुले एक–अर्कालाई नियन्त्रण गर्ने कुरा स्वीकार गरे । 

प्यारासाइटोलोेजिस्ट तथा अध्ययनका मुख्य लेखक एम.हेली लिकनले एक अर्काको गतिविधि कायम राख्दै दुई ट्रान्सक्रिप्सन फ्याक्टर यो विकास प्रक्रियामा तन्तुलाई लक गरेर टेकीजोइटलाई ब्रेडीजोइट्समा मर्फ गर्न सक्छ । भविष्यका शोधले कुन चाहिँ कारक यो सेल्फ परपिटुएटिङ लुपलाई अफ गर्छ भन्ने पत्ता लाग्न सक्छ । तनावपूर्ण स्थिति सिद्धिएपछि ब्रेडीजोइट्सलाई टेकीजोइट्समा पुनः परिवर्तन गर्न सकिन्छ । 

सेबस्टियन लेरिडोका अनुसार टोक्सोप्लाज्माविरुद्ध वर्तमान उपचार पद्धतिले उपचार गर्न सक्दैन किनभने क्रोनिक स्टेज प्रतिरोधी हुन्छन् । यद्यपि, यसमा वैज्ञानिकले अहिले पनि बहस गरिरहेका छन् ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप