भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियो : मन्त्री रन्जिता श्रेष्ठ

काठमाडौँ । मन्त्रीहरुको दिनचर्या यसै पनि व्यस्त हुन्छ । नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ ।
यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले बिहीवार सामाजिक सञ्जाल फेसबुकमा एक गजल पोस्ट गरेकी छिन् । जसमा भ्रष्टाचारीहरूको मूल जरो त सरकारमा भेटिएको अभिव्यक्ति समेटिएको छ ।
साथै, वर्तमान नेताहरुले देश कति बनाए भन्ने कुरा व्यवहारमा भेटिएको पनि सार पस्किएकी छिन् ।
पढौँ गजलको पूर्ण अंशः
बुज्नुस् ऊ दोषी यही आधारमा भेटियो
छातीभित्र देश रहेछ कारागारमा भेटियो ।
जरो खन्दै गइयो भ्रष्टाचारीहरूको
मूल जरो त आखिर सरकारमा भेटियो ।
कहिले भने र यिनीहरुले देश बिगार्छौ भनेर
कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो ।
शिर झुकाएर नमन उसको कलाकारितालाई
अगाडि गुलाब पछाडि तरवारमा भेटियो ।
ऊ होइन भनिरह्यो, म जिद्दी गरिरहे अन्तिममा
उसको परिवहन मेरो रक्तसञ्चारमा भेटियो ।
मन्त्री पदमा विराजमान रन्जिता श्रेष्ठ चौधरीले आखिर सरकारकै विरोध गरेर, सरकारलाई नै भ्रष्टाचारी करार गरेर किन सिर्जना गर्नु पर्यो ? चर्चाको विषय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात
-
क्रिप्टोकरेन्सीको इतिहासमा अहिलेसम्मको ठुलो चोरी
-
जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली
-
तीन गजल
-
एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ : महासचिव पोखरेल
-
आरतीले ‘अपमान र अन्याय’ भन्दा एकीकृत समाजवादीको बैठकमा होहल्ला