वैशाख महिनामा कोरोना : १ हजार ३८१ सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । विश्वभर तीव्र गति फैलिरहेको ओमिक्रोनको एक्सबीबी.१.१६ भेरियन्ट नेपालमा पुष्टि भएसँगै पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २० गते सो भेरियन्ट नेपालमा समेत पुष्टि भएको जानकारी गराएको थियो ।
मन्त्रालयका अनुसार वैशाख महिनामा मात्र १ हजार ३८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर विधि तथा एन्टीजेन विधिबाट २१ हजार ३५७ जनाको नमुना परीक्षण गरिएको थियो । वैशाख महिनामा हालसम्म सङ्क्रमणको औसत दर ६.४६ प्रतिशत रहेको छ । पछिल्ला १३ दिनमा ७८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर ५९५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले तथ्याङ्कले देखाउँछ । नेपालमा औसत निको हुने दर ९८.७ प्रतिशत छ ।
यो महिना थप ६ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोभिड महामारी सुरु भएयता नेपालमा १२ हजार २८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुनेको दर १.२ प्रतिशत छ । बुधबारसम्म २९ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् भने ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा