शैक्षिक परामर्श संस्थाहरुद्वारा आन्दोलनको घोषणा
बिहीबार, १४ वैशाख २०८०, १४ : २५

काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रका संघ संस्थाले सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको वैदेशिक अध्ययन स्वीकृति निर्देशिका २०७९ को विरोधमा उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
शैक्षिक परामर्श क्षेत्रका विभिन्न ७ वटा संस्थाहरूले पत्रकार सम्मेलन गर्दै निर्देशिका नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। ईक्यान अध्यक्ष प्रकाश पाण्डेले सरकारले निर्देशिका जारी गरेर भविष्यमा नेपाली विद्यार्थी विदेश पढ्न जान रोक लगाउन खोजेको बताए ।
निर्देशिका खारेज हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको भन्दै त्यो नहुँदासम्म निर्देशिका संशोधन गरिनुपर्ने बताए । निर्देशिका कार्यान्वयन गर्ने मनसायभन्दा पनि रोक लगाउने मनसायले आएको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै