डाइनासोर जत्रै थियो विश्वकै ठुलो सर्प, यस्ता छन् सबैभन्दा लामा र वजनी १० सर्प
१०. सेन्ट्रल अफ्रिकन रक पाइथन
यो अफ्रिकाको सबैभन्दा लामो सर्प हो । साधरणतया सब–साहारन अफ्रिकाको मौसममा पाइने । यो अफ्रिकाको घाँसे मैदान, जङ्गल र मरुभूमिमा जतासुकै पनि पाइन्छ । यसको औसत लम्बाई ९.८ फिटदेखि १६.५ फिटसम्म हुन्छ । यो सर्पले हरिण र गोहीसम्म निल्न सक्छ ।
९. किङ कोब्रा
यो एसियाको विषालु र लामो सर्पमध्ये एक हो । यसलाई सर्पको राजासमेत भनिन्छ । यसले टोक्दा एउटा ठुलो हात्ती पनि मर्न सक्छ । यसको लम्बाई साधरणतया १६ फिटको हुन्छ । स्मिथसोनियन नेशनल जुनका अनुसार सबैभन्दा लामो किङ कोब्रा १८.७ फिटको थियो । यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता छ ।
८. बर्मिस पाइथन
विश्वमा पाइने अजिङ्गरको ४१ प्रजातिमध्ये एक बर्मिस पाइथन दक्षिण–पूर्व एसियामा पाइन्छ । यो विशेष गरी म्यानमारमा पाइन्छ । यसको जीवनको सुरुवात रुखमा हुन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको सबैभन्दा लामो बर्मिज पाइथनको लम्बाई १८.८ फिट थियो । यसको नाम बेबी थियो । साधरणतया यसको लम्बाई १६ फिटको आसपास हुन्छ । तौल १०० किलोग्रामसम्म हुन्छ ।
७. क्युबन बोआ
यो सर्प क्युबामा पाइन्छ । यो क्यारिबियन देशमा पाइने सबैभन्दा लामो सर्प हो । औसत लम्बाई १८.५ फिट हुन्छ । तर सबैभन्दा लामो क्युबन बोआ १९.६ फिटको थियो । यो विश्वको एक्लो यस्तो सर्प हो जसले समूहमा सिकार गर्छन्, एक्लै गर्दैनन् । यसले मुसा र छेपारोमाथि हमला गर्छ ।
६. इन्डियन पाइथन
इन्डियन पाइथन कम्तीमा २०.९ फिटसम्म लामो हुनसक्छ । यसको तौल सय किलोग्राम वा त्योभन्दा थोरै बढी हुनसक्छ । यो भारत, नेपाल, पाकिस्तान, श्रीलङ्कामा पाइन्छ । यो बर्मिज पाइथनको नजिकको आफन्त हो । यसको शरीरमा हिट सेन्सर हुन्छ जसका कारण यसले ३.२ फिट टाढा भएको जनावरलाई यसको तातोले चिन्ने गर्छ ।
५. रेटिकुलेटेड पाइथन
यो पनि दक्षिण एसियाली सर्प हो । वास्तवमा अजिङ्गर नै हो । यसको शरीरमा हिराको आकारको चिन्ह हुन्छ । सन् १९१२ देखि अहिलेसम्म जति पनि रेटिकुलेटेड पाइथन दर्ता गरिएका छन् तीमध्ये सबैभन्दा लामो ३२.८ फिटको थियो । औसत लम्बाई २० देखि २५ फिट हुन्छ । सन् २०१८ मा इन्डोनेसियामा यो सर्पले एक महिलालाई निलेको थियो । उक्त अजिङ्गरलाई मारेर त्यसको पेटबाट महिलाको शव निकालिएको थियो ।
४. ग्रिन एनाकोन्डा
यसलाई अमेजनको जङ्गलको राजा भनिन्छ । यो त्यहाँ मात्रै पाइन्छ । ग्रिन एनाकोन्डाको लम्बाई ३० फिटसम्म हुन्छ । तर ३३ फिटको एनाकोन्डा पनि पाइएको छ । यसलाई सन् २०१६ मा ब्राजिलमा देखिएको थियो । तौल करिब ३९९ किलोग्राम थियो । यसले ठुला बिरालो, हरिण र क्यामन्सजस्ता जनावरलाई एकै पटक निल्छ । यो धर्तीमा पाइने सबैभन्दा भारी सर्प हो ।
३. गिगानटोफिस गार्सटिनी
यो एक प्राचीन सर्प थियो । अहिले छैन । तर ४ करोड वर्ष अघि यसको लम्बाई २३ देखि ३२ फिटको हुने गर्दथ्यो । यसको जीवाश्मबाट यो जानकारी पाइएको छ । यसबारे पहिलो जानकारी सन् १९०१ मा पाइएको थियो । त्यति बेला इजिप्टमा एक जीवाश्म भेटिएको थियो । यसले हात्तीका पूर्वजलाई पनि मार्ने गर्दथ्यो ।
२. प्यालियोफिस कोलोसियस
यो धर्तीको प्राचीन समुद्रमा पाइन्थे । यो कुरा कुनै १० करोड वर्ष पुरानो हो जब यो ३९ फिट लामो सर्प उत्तरी अफ्रिकाको समुद्री इलाकामा पाइन्थ्यो । सन् २००३ मा यो सर्पको एक प्राचीन जीवाश्म भेटियो जसमा शरीर त थियो तर टाउको कहिल्यै भेटिएन । यो हालसम्म भेटिएको सबैभन्दा लामो समुद्री सर्प हो ।
१. तितानोबोआ सेरेजोनेसिस
मांसाहारी र सबैभन्दा खतरनाक सिकारी डायनासोर टाइरेनोसरस रेक्स जति लामो थियो, अर्थात् ४२.७ फिट लामो । तौल ११३० देखि १२५० किलोग्रामसम्म हुन्थ्यो । यो दक्षिण अमेरिकामा ६ करोड वर्ष अघि पाइन्थ्यो । यसको मेरुदण्डको हड्डीमा २५० गोलाकार आकृति हुन्थ्यो । यसले गोही र माछा खाने गर्दथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा
-
सुदूरपश्चिम रोयल्सको एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स