किन रोकियो एसएसपी बढुवा ?
काठमाडौँ । वैशाख ६ मा गृह मन्त्रालयले नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायव महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै प्रहरीमा १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पद रिक्त छ । तर, गृह मन्त्रालयको बढुवा समितिले सिफारिस सूची प्रकाशन गर्न सकेको छैन ।
डिआइजी बढुवाको निर्णय भएपछि एसएसपी राजेन्द्र सिंह खड्काले वैशाख १० मा अवकाश पाएका छन् । उमेर हदका कारण प्रहरी वरिष्ठ उपरीक्षक चक्र बहादुर सिंह पनि शुक्रबारबाट अवकाशमा जाँदै छन् । बढुवा समितिले १८ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गर्न सक्छ । तर, कसलाई १ नम्बरमा बढुवा गर्ने भन्ने विवादका कारण बढुवा हुन नसकेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
२०७५ जेठ २९ मा एसपीमा बढुवा भएका अधिकृतहरू बिच एसएसपीमा बढुवा हुने प्रतिस्पर्धा छ । १ नम्बरमा बढुवा हुन प्रतिस्पर्धा भइरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भूपेन्द्र बहादुर खत्री बढुवामा १ नम्बरमा आउन लागिपरेका छन् । उप–प्रधान एवं रक्षामन्त्री पुर्ण बहादुर खड्काले उनलाई एक नम्बरमा बढुवा गर्न दबाब दिएका छन् । एक नम्बरमा बढुवा हुने प्रतिस्पर्धामा विश्व अधिकारी र ओम प्रसाद अधिकारी छन् ।
भूपेन्द्र खत्री मेरिट लिस्टको १२ नम्बरमा छन् । विश्व अधिकारी मेरिट लिस्टको दुई नम्बर र चार नम्बरमा ओम अधिकारी छन् । अहिले बढुवा हुने मध्येबाट एक जना प्रहरी महानिरीक्षकको दाबेदार हुन्छन् ।
एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । प्रहरी महानिरीक्षक सदस्य र मानव श्रोत विकाश विभागका प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा समितिमा सदस्य–सचिव हुन्छन् ।
एसएसपी बढुवाको मेरिट लिस्टमा सवैभन्दा माथि विमल बस्नेत छन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका बस्नेत २०७४ मा प्रहरी उपरीक्षक भएका हुन् । बढुवाको प्रतिस्पर्धामा सानुराम भट्टराई, विश्वमणि पोखरेल, शेखर खनाल, अवि नारायण काफ्ले र सोमेन्द्रसिंह राठौर अगाडि छन् ।
२०७५ जेठमै प्रहरी उपरीक्षक भएका मुकुन्द मरासिनी, कृष्ण बहादुर पल्लीमगर, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रवि पौडेल, बेल बहादुर पाण्डे, दीप शमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभुषण तिम्सीना, प्रविण पोखरेल, प्रज्वल महर्जन र वसन्त रजौरे बढुवाको लाइनमा छन् ।
२०७५ फागुन ७ मा एसपी भएका अधिकृतहरू पनि बढुवा हुने दौडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु
-
आईएल टी–२० : कुशलआबद्ध टोलीले दीपेन्द्रको टोलीलाई हरायो
-
अरविन्द केजरीवालमाथि मुद्दा चलाउन केन्द्रले दियो अनुमति
-
सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने विपक्षी दलहरूको निर्णय
-
रविको विषयमा विपक्षी दलको बैठकमा छलफल, राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको ठहर
-
विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प