अन्ततः स्वदेशी उत्पादनको सवारीले दर्ता पायो, नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने

काठमाडौं। लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो । योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । यस्तो दर्ता (नम्बर प्लेट) का लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।
यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । जसले नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन । यस विषयमा रातोपाटी डटकमले निरन्तर विषय उठान गरेसँगै पहिलोपटक नेपालमा नै उत्पादित सवारी साधनहरुले नम्बर प्लेट पाउन सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल