मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

कस्तो होला ‘नाईं नभन्नू ल ६’ को व्यापार ?

बिहीबार, १४ वैशाख २०८०, ११ : २४
बिहीबार, १४ वैशाख २०८०

काठमाडौंँ । विकासराज आचार्यद्वारा निर्देशित फिल्म हो ‘नाईं नभन्नू ल ६’ । आशिर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारप्रसार भने खासै देखिन्न् । फिल्मका यस अगाडिका सिरिजको ब्यवसाय राम्रो भएको थियो । त्यसैले यो फिल्मको प्रचार प्रसारमा निर्माण युनिटले खासै ध्यान दिएको छैन । ‘नाईं नभन्नू ल’ को छैठो श्रृंखला भएकोले पनि फिल्मले ब्यवसाय गर्ने आस निर्माण युनिटको छ ।

निर्देशक आचार्य, सामिप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको फिल्ममा आशिर्वाद र आँचलको अलवा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् ।

फिल्ममा हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?