अन्तरवार्ताका बीच टर्कीका राष्ट्रपति अर्दोआनको स्वास्थ्य बिग्रियो

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अस्वस्थ्यताका कारण प्रत्यक्ष अन्तरवार्ता बीचैमा छोड्नुपरेको छ । मङ्गलवार उनले टिभीमा अन्तरवार्ता दिइरहेका थिए जसको समय ९० मिनेट निर्धारण गरिएको थियो । तर १० मिनेटपछि नै प्रश्नलाई बीचमा नै काटेर च्यानलले ब्रेक लिनु पर्यो ।
न्युज वेबसाइट अरब न्युजका अनुसार करिब १५ मिनेटपछि उनी स्क्रिनमा देखिए र भने, ‘आज र हिजोको दिन निकै थकित पारिदिने खालको थियो । जसका कारण मलाई पेटमा सङ्क्रमण भएको छ । म तपाईंसँग र दर्शकसँग माफी माग्छु ।’
त्यसपछि कार्यक्रम रोकियो । अर्दोआनले बुधवार तीन स्थानमा हुन लागेको चुनावी प्रचार कार्यक्रम पनि रद्द गरेका थिए । उनले भने, ‘डाक्टरको सल्लाहमा आज म घरमा आराम गर्नेछु ।’
६९ वर्षका अर्दोआनको सन् २०१२ मा ग्यास्ट्रोइन्टेस्टाइनल शल्यक्रिया भएको थियो । १४ मेमा टर्कीमा आम निर्वाचन हुँदै छ । २० वर्षदेखि टर्कीमा शासन गरिरहेका रेचेप तैय्यप अर्दोआज सत्तामा रहिरहनका लागि व्यापक प्रचार गरिरहेका छन् ।
यस्तोमा उनको स्वास्थ्य बिग्रँदा उनका लागि समस्या पैदा गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले