आर्सनलको पोष्टमा सिटीको गोल वर्षा
काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेपछि उपाधी होड रोमाञ्चक बन्न पुगेको हो ।
सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
बुधवार राति भएको खेलको सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुवात गोल हानेर खेललाई १–० को अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए ।
आर्सनलको पोष्ट गोल हान्ने क्रम अझै रोकिएन । दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी ३–० को अन्तरले उपाधी होडतर्फ लम्काइदिए ।
तर, ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याई दिए ।
घरेलु मैदानमा सिटी रोकिने पक्षमा भने देखिएको थिएन, उसले दोस्रो हाफको इन्ज्युरी समयमा पनि गोल हानिदियो । हालान्डले फिल फोडेनको पासमा अन्तिम गोल गरे ।
अन्ततः सिटीले ४–१ को सानदार जितसहित उपाधी होडमा आफूलाई अब्बल सावित गरिदियो ।
यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ । बाँकी रहेका दुबै खेलमा जीत हासिल गरे सिटीले आर्सनललाई ४ अंकले पछि पार्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले