‘सन् २०७० सम्ममा जापानको जनसङ्ख्या ८ करोड ७० लाखमा खुम्चिने’
टोकियो । जापानको जनसङ्ख्या सन् २०७० सम्ममा आठ करोड ७० लाखमा झर्ने अनुमान गरिएको छ । यो सन् २०२० को तुलनामा ३० प्रतिशतले कम हुनेछ ।
‘नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसियल सेक्युरिटी रिसर्च’ले सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०४३ मा कूल जनसङ्ख्याको तीन करोड ९५ लाख ३० हजार जनसङ्ख्या ६५ वर्ष र सोभन्दा माथिको उमेर समूहको हुने र यो सङ्ख्या सन् २०७० मा तीन करोड ३६ लाख ७० हजारमा झर्नेछ । यसले सामाजिक सुरक्षा खर्चलाई शिखरमा पु¥्याउनेछ ।
जापानमा तीन महिनाभन्दा बढी समयभन्दा धेरै समय बसोबास गर्दै आएका विद्यार्थी र कामदारसहित विदेशी नागरिकको सङ्ख्या सन् २०७० मा १०.८ प्रतिशत अर्थात् ९३ लाख ९० हजार पुग्ने अनुमान गरिएको छ ।
जापान आउने विदेशी नागरिकहरूको बढ्दो आगमनको बाबजुद पनि सन् २०७० मा जापानमा १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूको जनसङ्ख्या चार करोड ५३ लाख ५० हजारमा झर्ने अनुमान गरिएको छ । यो जनसङ्ख्या सन् २०२० मा रहेको सात करोड ५० लाख ९० हजारबाट ४० प्रतिशतको कमी हुनेछ ।
सन् २०२० सम्ममा १२ करोड ६१ लाख ५० हजार रहेको जापानको कूल जनसङ्ख्या सन् २०५६ मा १० करोडभित्र झर्ने प्रक्षेपण गरिएको छ । सन् २०२२ मा आठ लाखभन्दा तल झरेको जन्मदर सन् २०५९ मा पाँच लाखभन्दा तल झर्ने अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको अनुसन्धान निकायले जनगणना जस्ता सार्वजनिक तथ्याङ्कका आधारमा हरेक पाँच वर्षमा ५० वर्षको जनसाङ्खिकीय पूर्वानुमान उपलब्ध गराएको हो । सरकारले देशको भविष्यको पेन्सन भुक्तानी गणना गर्न पछिल्लो तथ्याङ्क प्रयोग गर्ने बताइएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
-
झापाबाट एघार करोडको चिया निर्यात
-
‘कर्णालीका सडकको मर्मत र सुरक्षालाई ध्यानमा राखेर काम गर्छौं’
-
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा वसन्त खत्री
-
आईपीएलको मेगा अक्सनमा फेरि थपियो जोफरा आर्चरको नाम