उपनिर्वाचनमा माओवादी र एकीकृत समाजवादीको भएन शक्ति परीक्षण
काठमाडौँ । संसद्को तेस्रो शक्ति हो नेकपा माओवादी केन्द्र । प्रतिनिधिसभामा ३२ सिट रहेको यो पार्टीको वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा शक्ति परीक्षण हुन सकेन ।
सो पार्टीले तनहुँ–१ र चितवन–२ मा कांग्रेसलाई समर्थन गर्दा बारामा जसपालाई सघायो । यस्तै राष्ट्रिय पार्टी नभए पनि संसदमा सातौँ शक्तिका रूपमा रहेको एकीकृत समाजवादीले पनि परीक्षणको मौका पाएन । सो पार्टीले पनि माओवादीले जस्तै गठबन्धनको साझा उम्मेदवार मानेर कांग्रेस र जसपालाई सघाएको थियो ।
जसका कारण उनीहरूको उम्मेदवार नहुँदा शक्ति परीक्षण हुन नसकेको हो । फलस्वरूप ती पार्टीलाई नतिजाले छोएन । एक किसिमले यी दुई पार्टीलाई उपनिर्वाचन हर्क न विष्मात भनेजस्तै भयो ।
यस्तै लोसपाले पनि आफ्नो प्रभाव रहेको बारामा जसपालाई नै सघाउँदा जनमत पार्टीले भने आफ्नै ढंगले लडेर आफूलाई प्रमाणित गरेको छ। जनमतले पराजित भए पनि बाराबाट उपेन्द्र यादवलाई राम्रो टक्कर दिन सक्यो । लोसपा र जनमतको मधेसबाहेक बाहिर खासै जनमत छैन । जसपाको पनि सोही अवस्था छ ।
उपनिर्वाचनमा तनहुँ १ र चितवन २ बाट रास्वपा विजयी हुँदा बारा २ मा जसपाले आफ्नो सिट सुरक्षित गर्यो । बारा २ मा जनमत पार्टीबाहेक उपनिर्वाचन भएका क्षेत्रमा अन्य दलले भने आफ्नो मतमा क्षति बेहोर्नुपर्यो ।
उपनिर्वाचनबाट जनताले परम्परागत दलहरूलाई भोट नदिएर धक्का त दिए नै उनीहरूलाई नसच्चिए आगामी दिनमा थप क्षति भोग्नुपर्ने सन्देश पनि प्रवाहित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’
-
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
अफगानिस्तानपछि नेपालले बलियो दक्षिण अफ्रिकालाई पनि हरायो
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द