उपनिर्वाचनमा यी उम्मेदवारले १० मत पनि कटाउन सकेनन्

काठमाडौँ । वैशाख १० गतेको उपनिर्वाचनमा १७ उम्मेदवारले १० मत पनि कटाउन नसकेको पाइएको छ ।
बारा २ बाट स्वतन्त्र उम्मेदवारहरु उमेश प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भु प्रसाद तेली, सुरेन्द्र कुमार सिंह, दुर्गा प्रसाद कोइरी, दिनेश प्रसाद यादव, सुरज साह तेली र रामबालक महरा चमारले क्रमशः ९, ८, ७, ७, ७, ६, ६, ६ र ५ मत पाए । यसैगरी स्वतन्त्र उम्मेदवार नै रहेका छोटेलाल महतो कोइरी, सिगारी देवी, विनोद कुमार कर्ण र राधिका न्यौपाने साहले पनि क्रमशः ४, ३, ३ र २ मत ल्याए ।
चितवन २ मा पनि तीन उम्मेदवारले १० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवारहरु रामकृष्ण ओझा, सन्तोष थापा र तारा प्रसाद पौडेलले क्रमशः ९, ३ र २ मत पाएका हुन् । यस्तै तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठले जम्मा ५ मत पाए ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा सम्पन्न उपनिर्वाचनमा भाग लिएका ६५ उम्मेदवारमध्ये ५६ उम्मेदवारको जमानत नै जफत भएका निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
-
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी
-
गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान
-
ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा
-
मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै
-
मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर