रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
बुधबार, १३ वैशाख २०८०, १६ : ४४

रौतहट । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कटहरिया नगरपालिका ९ दुमरिया गाउँका बिसा पासवानको १५ वर्षीय छोरा चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको हो। बुधवार दिउसो आफ्नै खेतमा विद्युत मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर अचेत भएका चन्दनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक महतोले बताए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने