‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’ बजारमा आउँदै

युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह र हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचनको लागि तयार भएको छ । नेपालयका अर्पण शर्माका अनुसार आउँदो शनिबार राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह विमोचन कार्यक्रम तय भएको छ । त्यसपछिको शनिबार हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचन गर्ने तयारी नेपालयको छ ।
छवटा फरक खण्डमा लेखिएको युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’मा ५१ वटा भिन्न भिन्न स्वादका कविता सङ्कलित छन् । यस्तै हिरण्य भोजपुरेको ‘मुसुक्क म’मा कोरोना महामारीका परिदृश्य र अन्य विषयका गरी सयवटा लघुकथाहरू सङ्कलित छन् ।
यी दुवै पुस्तकलाई पब्लिकेशन नेपालयले एकसाथ छापा, ई–बुक र ‘अडियो बुक’का रूपमा समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।
पछिल्लो समय ‘हिति प्रणाली’ र ‘७२ सालको भूकम्प’लगायतका अनुसन्धनात्मक कृति प्रकाशन गरेको पब्लिकेसन नेपालयले अब साहित्यिक पुस्तकलाई प्राथमिकतामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परेवा उडाएर ‘बिगुल’ को शुभ–मुहूर्त
-
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
-
समीरकाे जन्मदिन पारेर ‘बलिदान’ ले ल्यायो एक्सनपूर्ण प्रि–टिजर
-
आवासीय चिकित्सकहरूको आन्दोलन किन रोकिएन ?
-
नवौँ पोखरा स्पोटर्स अवार्ड : ४ विधामा मनोनयन सार्वजनिक
-
युवापुस्तामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव