मधेस प्रदेशका सबै पालिकामा माटो परीक्षण हुने
सर्लाही । मधेश प्रदेशका सम्पूर्ण पालिकामा माटो परीक्षण हुने भएको छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको टेक्निकल टिमले मधेश प्रदेशका सम्पूर्ण १३६ पालिकामा घुम्ती प्रयोगशालामार्फत परीक्षण गरिने मन्त्री वसन्त कुशवाहाले बताए । हरेक पालिकामा तीन दिनसम्म पालिकाका विभिन्न ठाउँको माटो परीक्षण गर्ने बताउँदै उनले यस परीक्षणपश्चात् माटोको आवश्यकताअनुसार कुन कुन मलखाद्द कति कति मात्रामा प्रयोग गर्ने त्यसको जानकारी किसानहरुलाई समेत दिइने बताए ।
यो माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकोले नगर प्रमुख तथा गाउँपालिका अध्यक्षहरुलाई जानकारी समेत पठाइ सकिएको उनले बताए । तराई मधेश किसानले माटोको बिना परीक्षण नै बाली लगाउनुको साथै मलको प्रयोग गर्ने गरेका छन् । जथाभावी मल तथा विषादी प्रयोगले माटोको उर्वरा शक्ति ह्रास भएको छ । यसखालको परीक्षणले माटोको पहिचान तथा बाली, मल, बीउ प्रयोगको जानकारी दिइने बताउँदै मन्त्री कुशवाहाले कृषि उत्पादनमा वृद्धि गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते