ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे ।
ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए । बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर