बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारलाई अभिभावक सङ्घको ध्यानाकर्षण

बुधबार, १३ वैशाख २०८०, १३ : ३९
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

अधिवेशनबाट विभिन्न १३ वटा विषयहरू पारित गरेको छ । सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्नेदेखि लिएर विश्वविद्यालयको शिक्षालाई कार्यतालिका अनुसार नियमित र परिणाममुखी बनाउन सम्मका माघ राखिएको छ ।

वैशाख २ गते काठमाडौँमा सम्पन्न अधिवेशनले अध्यक्षमा कोषबहादुर जिसीलाई निर्वाचित गरेको थियो । अधिवेशनपछि बसेको कार्यसमिति बैठकले सरोकारवालाहरूको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । बैठकले अधिवेशनबाट पारित गरिएका समसामयिक प्रस्तावहरूलाई कार्यान्वयनका लागि सबैमा अपिल गर्ने निर्णय गरेको थियो । 

DOC_page-0001

DOC001_page-0001

DOC000_page-0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप