रसुवा भन्सारले छुट दिएको १ करोड ९० लाख असुल गर्न महालेखाको सुझाव

काठमाडौँ । रसुवा भन्सार कार्यालयले छुट दिएको १ करोड ९० लाख रुपैयाँभन्दा धेरै भन्सार शुल्क असुल्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । भन्सार कार्यालयले ३ शीर्षकमा दिएको छुट असुल्न पर्ने महालेखाको ६०औँ वार्षिक प्रतिवेदनमा औँल्याएको हो । रसुवा भन्सारले कम्प्युटरका इन्टरनल हार्ड डिस्क जाँच पास गर्दा छुट दिएको महसुल ३१ लाख ५३ हजार रुपैयाँ छुट दिएको छ । हार्ड डिस्क आयात गर्दा ५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल गरी जाँच पास गर्नुपर्नेमा तोकिएभन्दा बढी छुट दिइएको पाइएको छ ।
यस्तै, स्पिकर पाट्र्स आयात गर्दा लाग्ने महसुलमा कार्यालयले ४३ लाख ३८ हजार रुपैयाँ छुट दिएको छ । भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर समेत ४३ लाख ३८ हजार असुल गर्नुपर्ने समेत महालेखाले उल्लेख गरेको छ । यसबाहेक, हाइड्रोलिक तेल छुट दिइएको १ करोड १५ लाख ५५ हजार रुपैयाँ समेत असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । ७ वटा प्रज्ञापन पत्रमा उल्लेखित दरको औसत मूल्य प्रतिलिटर २१८ लाई आधार मानेर २ ट्यांकको १० हजार ४०० र ८ ट्यांकको १ लाख ६५ हजार समेत १ लाख ७६हजार ३८४ लिटर तेल आयात भएको थियो ।
हाइड्रोलिक तेल आयातमा लाग्ने १५ प्रतिशतले हुने भन्सार ५६लाख ८७ हजार र मूल्य अभिवृद्धि करसमेत ५७ लाख ६८ हजार गरी १ करोड १५ लाख ५५ हजार रुपैयाँ भन्सार महसुल असुल गर्नुपर्ने महालेखाले औँल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए