नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुनकोे निरन्तरता

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन पुनः नियुक्त भएका छन् । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.पुनको नियुक्ति पुनः १ वर्ष थप गरिएको हो । वैशाख १२ गते नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी र डा.महावीर पुनले ब्राण्ड एम्बास्डर नवीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा एम्बास्डरमा नियुक्त डा.महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्री वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।
यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । हाल नेपाल बैंकको नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै ५२ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित