गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना, चालकसहित ५ घाइते
रौतहट । गौर नगरपालिकाको वारुण यन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । गौर–४ गढवा स्थित कुखुरा फर्ममा भएको आगलागी नियन्त्रण गर्न गएको ना.१ ग. ७८८ नम्बरको वारुणयन्त्र गए राति साढे १२ बजे दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते रहेका चालक करिम अन्सारी तथा सुरक्षाकर्मीहरू प्रेम केसरी, किशुन्द्र साहको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज पठाएको प्रहरीले जनाएको छ। उनीहरूलाई ढाड, छाती, टाउको तथा हातखुट्टामा गम्भीर चोट लागेको जिल्ला अस्पताल गौरले जनाएको छ। सामान्य घाइते रहेका सुरक्षाकर्मी शिवशङ्कर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको छ ।
अग्नि नियन्त्रक टोली घटनास्थलतर्फ जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर यादवले बताए ।
यसैबीच गौर नगरप्रमुख शम्भु साहले वारुणयन्त्र दुर्घटनामा परी घाइते भएका चालकसहित कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै
-
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्छ : मन्त्री राणा
-
नेपाल प्रिमियर लिगका खेलहरू युट्युबमा एक्सन स्पोर्ट्समार्फत हेर्न सकिने
-
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
-
रवि लामिछानेलाई काठमाडौँ ल्याउन अलमल
-
शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक