उपेन्द्र यादव पत्नीको गुनासो : नबोल्ने बानी मनपर्दैन !

बारा । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल भए पनि उनको कम बाल्ने बानी भने खराब रहेको गुनासो गरेकी हुन् ।
यादवले भनिन्, ‘उहाँ बस्दा पनि केही सोचिराख्ने, लेखिराख्ने गर्नुहुन्छ । उहाँको नबोल्ने बानी मनपर्दैन । भोक लाग्यो भने खान पकाऊ भन्नुपर्छ, खान देऊ भन्नुपर्छ नि । तर, उहाँ आफै लिन जानुहुन्छ । कहिलेकाहीँ मेरो हातको पनि पानी खानुहोस् भन्ने लाग्छ । बाहिरबाट आउँदा मलाई पानी देऊ न भन्दा मेरो मन खुसी हुन्थ्यो । तर उहाँ भने खान पकाउन पनि आफै खोज्नुहुन्छ । अर्काको भरमा नबस्ने । आमाबुबा होस्, छोरा छोरी होस्, श्रीमती होस् कसैको आशमा नबस्ने ।’
उनले आफ्नो श्रीमान्को तारिफ भने जति गरे पनि कम हुने बताइन् । ‘मैले यस्तो श्रीमान् पाएको छु, जति भने पनि कम हुन्छ । बाहिर केही चिज नखाने । उहाँलाई पाउने मेरो सौभाग्य हो । म शिक्षाविहीन छु । शिक्षा विहीन भए पनि उहाँ सधैँ मलाई डिग्री गरेको श्रीमती पाएकी छु भन्नुहुन्छ ।’
उनले आफ्नो पति प्रति गर्व रहेको बताइन् । बारामा हासिल गरेको जीत उपेन्द्र यादवको मेहनत र संघर्ष फल भएको पनि उनले बताइन् । ‘बारावासीलाई जति धन्यवाद दिए पनि कम हुन्छ,’ उनले भनिन् ।
उनले उपेन्द्र यादव नेपालको छोरो भएकाले ७५ जिल्ला नै उनको घर भएको पनि उल्लेख गरिन् । ‘उहाँ राष्ट्रिय अध्यक्ष हो । जहाँबाट पनि लडे पनि हुन्छ । छोरीको एउटा माइती र एउटा घर हुन्छ । छोराको सबै जिल्ला घर हो,’ उनले भनिन् ।
उनले २६ सालदेखि श्रीमती भन्दा पनि कार्यकर्ता बनेर अध्यक्ष यादवलाई साथ दिएको बताइन् । ‘मैले सधैँ साथ दिएको छु, भविष्यमा पनि दिने छु,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने