डिफेन्डिङ च्याम्पियन गुजरातद्वारा मुम्बई पराजित

अहमदाबाद । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्समाथि पहिलो जित दर्ता गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोलीले रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई ५५ रनले पराजित गरेको थियो ।
चालू सिजनमा गुजरातको यो पाँचौं जित हो भने मुम्बईले चौथो हार बेहोरेको छ । यो जितसँगै गुजरातको टोली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बई सातौँ स्थानमा छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । गुजरातका ओपनर शुभमन गिल (५६ रन)ले सिजनको तेस्रो अर्धशतक बनाएका थिए । गिलका अलावा डेभिड मिलनले ४६ र अभिनव मनोहरले ४२ रन बनाए । राहुल तेवाटियाले ५ बलमा २० रनको योगदान दिए ।
मुम्बईका पियुष चावलाले दुई विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र कुमार कार्तिकेयले एक एक विकेट लिए ।
जवाफमा मुम्बई इन्डियन्सका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सके । २०८ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात सुस्त रह्यो । टोलीले पहिलो ६ ओभरमा २९ रन मात्र जोडेको थियो । यो सिजनको दोस्रो कम स्कोरिङ पावरप्ले थियो। यति मात्र होइन, टोलीले लगातार विकेट गुमाउँदै गयो । मध्यक्रममा सबैभन्दा ठूलो साझेदारी ४५ रनको थियो।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु