मोरङमा छात्रालाई कुटेको आरोपमा १३ जना विद्यार्थी पक्राउ
मङ्गलबार, १२ वैशाख २०८०, २१ : १२

काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रलाई कुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङका एसपी दीपक पोखरेलले रातोपाटीलाई बताए ।
वैशाख ६ मा आरोपीहरु मिलेर ‘केटासँग बोलेको निहुँ’मा छात्रालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आरोपीहरूले कोठामित्र राखेर छात्रलाई निर्मम तरिकाले कुटेको एसपी पोखरेलले जानकारी दिए ।
आरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरिएको छ । आरोपीहरुविरुद्ध अनुसन्धान गर्न अदालतले प्रहरीलाई ५ दिनको म्याद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित