उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल हुँदैछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा वर्तमान समयमा अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले सङ्घीय ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणका निर्देशकसँग तत्कालनै कुरा गर्ने बताए ।
उनले उद्यमीहरूले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भएको स्मरण गराउँदै पुनः यस सम्बन्धमा उद्यमीहरूको टोलीसँग सङ्घीय सरकारका अर्थमन्त्री र राष्ट्र बैकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाए ।
उनले मुलुकले सरकारी, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको मूल आधार मानेको स्मरण गराउँदै अहिले सहकारी क्षेत्र धारासाही भएको तथा निजी क्षेत्र पनि कमजोर हुँदै गएकाले अर्थतन्त्र कमजोर हुने अवस्थामा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
-
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि
-
प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नभ्याइने