शिवचन्द्रसँग उपेन्द्रले बनाए ५ हजार भन्दा बढीको मतान्तर
मङ्गलबार, १२ वैशाख २०८०, १६ : ०६
![शिवचन्द्रसँग उपेन्द्रले बनाए ५ हजार भन्दा बढीको मतान्तर](https://npcdn.ratopati.com/media/news/uuu_UFrS1JBXqT.png)
बारा । बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भन्दा ५ हजार २०३ मत बढी पाएका छन् ।
मंगलबार अपराह्न ४ बजेको अद्यावधिक विवरणअनुसार यादवले १७ हजार ३९३ मत पाउँदा कुशवाहाले १२ हजार १९० मत पाएर यादवलाई पछ्याइरहेका छन् ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । हालसम्म बारा २ मा ३९ हजार ९५६ मत गणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु