कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
त्यसपछिको रजिष्ट्रेशन नम्बर भएका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्नेछ । बोर्डले पुराना विद्यार्थीको हकमा मात्र परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो ।
कक्षा ११ को नियमित तर्फ जसको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुनेछ उनीहरूको परीक्षा विद्यालयमै गरिनेछ । त्यस्तै रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७/७८ र ७९ भएका विद्यार्थी जो परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीको हकमा समेत विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्ने बोर्डले जनाएको छ ।
परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ ।
ति परीक्षाहरू जेठ १५ गतेदेखि असार १५ गतेभित्र गर्नुपर्नेछ । विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग