सिंगापुर पठाइदिन्छु भन्दै साढे ६ लाख ठगी
मङ्गलबार, १२ वैशाख २०८०, १६ : ०४

काठमाडौँ । वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौँको नयाँ बसपार्क बस्ने ओमनाथ मैनाली रहेका छन् ।
मैनालीले मीनबहादुर रानालाई प्रलोभनमा पारी ६ लाख ४० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागबाट मैनालीलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो । सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमाबाट खटिएको विशेष प्रहरी टोलीले मैनाली वैशाख ११ गते बबरमहलबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेवारपानी : सम्झना बिर्सनाका तरेली– २
-
चीनले वितरण गरेको साइकल जलाइयो
-
रास्वपाको राजनीतिक प्रशिक्षण : ६ मुख्य शीर्षकका ५६ वटा विषय समावेश
-
नकारात्मकताको जरो नै केपी ओली : उपाध्यक्ष खतिवडा
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...