लक्ष्मी बैंकद्वारा प्रहरी कल्याण कोषलाई आर्थिक सहयोग

काठमाडौँ । लक्ष्मी बैंकले नेपाल प्रहरी कल्याण कोषलाई आर्थिक सहयोग गरेको छ । बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक कोषलाई २५ लाख रुपैयाँ सहयोग गरेको हो ।
जसअनुसार ‘नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । र बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता समेत जनाएको छ ।
सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फ बाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फबाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरे ।
सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर–सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा