नेयमारमाथि म्यानचेस्टर युनाइटेडको नजर

लण्डन । प्रिमियर लिग महारथी म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको क्लबसँगको पछिल्लो अवस्थाबारे चासो राखेको छ । ब्राजिलियन खेलाडी गत फेब्रुअरी १९ देखि चोटका कारण मैदानबाहिर रहेका छन् ।
१३ गोल र ११ वटा असिस्टसहित उनले यो सिजन लिग वानमा पीएसजीका लागि उत्कृष्ट सुरुवात गरेका थिए । तर फिफा विश्वकपपछि उनको फर्म खस्कियो भने उनी चोटग्रस्त बने । फ्रेन्च सञ्चारमाध्यम फुट मेरकाटोका अनुसार नेयमारलाई क्लबमा भित्र्याउन आकाङ्क्षा राख्ने केही क्लबहरूमध्येमा रहेको छ ।
नेयमारले क्लबलाई मैदानमात्र नभएर मैदानबाहिर पनि सहयोग गर्न सक्नेछन् । क्रिस्टियानो रोनाल्डोले छाडेयता युनाइटेडको ७ नम्बर जर्सी पनि खाली रहेको छ । यसका लागि नेयमार उपयुक्त पात्र हुनसक्ने बताइएको छ ।
व्यावसायिक रूपमा युनाइटेडले जर्सीको बिक्री र प्रयोजकबाट करोडौँ रकम आम्दानी गर्न सक्नेछन् । नेयमारको बिन्दास प्रवृत्ति दीर्घकालीनरुपमा एरिक टेन हागका लागि समस्या हुन सक्छन् । तर, नेयमारको सीप र क्षमतालाई कसैले नकार्न सक्दैन । अहिले उनीसँग पहिलेकै जस्तो गति नभए पनि नेयमार अहिले पनि विश्वका धेरै खेलाडीहरूभन्दा उत्कृष्ट छन् । अब युनाइटेडले नेयमारमाथि आर्थिक जोखिम मोल्छ कि मोल्दैन भन्ने चाहिँ हेर्न बाँकी छ ।
ब्राजिलियन खेलाडीले तत्कालै पीएसजी छाड्ने इच्छा देखाएका छैनन् । उनले तलबका रूपमा मोटो रकम माग गर्ने भएकाले पीएसजीबाट क्लबमा भित्र्याउन सकसपूर्ण देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)