बारा-२ मतगणना अपडेट : उपेन्द्र यादव ४७६३ मतले अगाडि, पच्छ्याउँदै कुशवाहा
मङ्गलबार, १२ वैशाख २०८०, १३ : ४३
बारा । बारा २ मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामअनुसार ३३६३७ मत गन्दा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १४५४३ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९७८० मतसहित पच्छ्याइरहेका छन् भने एमालेका पुरुषोत्तम पौडेलले ४८५० मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका रमेशप्रसाद खरेलले २०५९ मत प्राप्त गरेका छन् ।
बारामा जनता समाजवादी पार्टी ४७६३ मतले अगाडि रहेको छ । आइतबार भएको निर्वाचनमा सो क्षेत्रमा ६९१०७ मत खसेको थियो। हालसम्म करैयामाई, सुर्वण गाउँपालिका, कोहल्वी नगरपालिका ८ को गणना सकिएको छ भने देवताल, महागढीमाई नगरपालिका गणना भइरहेको छ । हालसम्म भएको मतगणनामा ४५९ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू
-
शेखरको टिप्पणी– सभापतिकै कारण पार्टीमा विचलन छ‚ चुप लागेर बस्न सकिएन
-
लुम्बिनी खेलकुद परिषद्का सदस्यले लिए शपथ
-
युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
-
कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको सुरु नै भएन
-
कति भयो १ खर्ब लगानीमा निर्माण भइरहेको अरुण–३ आयोजनाको काम ?