मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुगरको जोखिम कम गर्न चाहनुहुन्छ भने खर्च नलाग्ने यो काम गर्नुहोस्

मङ्गलबार, १२ वैशाख २०८०, १३ : २८
मङ्गलबार, १२ वैशाख २०८०

प्रत्येक आधा घण्टामा तीन मिनेट टहल्दा रगतमा चिनीको मात्रा कम हुन्छ । बेलायतको एउटा सानो समूहमा गरिएको अनुसन्धानमा यो कुरा बाहिर आएको हो ।

डायबिटिज च्यारिटी कन्फरेन्समा जारी गरिएको यस अनुसन्धानका अनुसार सात घण्टाभित्र प्रत्येक आधा घण्टाको अन्तरालमा तीन मिनेट पैदल हिँड्दा मधुमेह–१ का बिरामीको रगतमा चिनीको मात्रा घटेको देखियो । यो अनुसन्धान कुल ३२ बिरामीमा गरिएको हो ।

डायबिटिज युकेका अनुसार यो ‘एक्टिभिटी स्न्याक’ ले पैसा खर्च नगरी व्यावहारिक परिवर्तन ल्याउन सक्छ ।

एक अनुमान अनुसार बेलायतमा करिब चार लाख मानिस टाइप–१ मधुमेहबाट प्रभावित छन् ।

शरीरको प्रतिरक्षा प्रणालीले प्यान्क्रियाजको इन्सुलिन उत्पादन गर्ने कोशिकाहरूलाई आक्रमण गर्छ, यस्तो अवस्थामा प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्न असमर्थ हुन्छ र शरीर टाइप १ मधुमेहबाट ग्रस्त हुन्छ ।

इन्सुलिनले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ । इन्सुलिनको कमीका कारण रगतमा सुगरको मात्रा बढ्ने गर्छ । मधुमेह रोगीहरूले यो अवस्थाबाट बच्न नियमित अन्तरालमा कृत्रिम इन्सुलिन लिनुपर्छ ।

रगतमा चिनीको मात्रा लामो समयसम्म कम रह्यो भने बिरामीलाई धेरै गम्भीर रोग लाग्न सक्छ । यसमा मिर्गौला फेल हुने, आँखाको ज्योति गुम्ने र हृदयाघात हुने गर्दछ ।

stretchingडायबिटिज युकेमा शोधकी प्रमुख डा. एलिजाबेथ रोबर्टसनका अनुसार टाइप–१ डायबिटिजबाट ग्रस्त मानिसका लागि आफ्नो रगतमा चिनीको स्तर नियन्त्रित गरिरहनु खासै व्यवहारिक होइन । 

रोबर्टसन भन्छिन्, ‘यो अविश्वसनीय रूपमा उत्साहजनक छ । यी निष्कर्षले के कुरा पत्ता लाग्छ भने जीवनशैलीमा सामान्य परिवर्तन गरेर (जस्तै फोनमा कुरा गर्दा हिँड्ने वा नियमित अन्तरालमा सिट छोड्न याद दिलाउने रिमाइन्डर सेट गर्दा) ब्लड सुगर स्तरमा व्यापक असर हुनसक्छ ।’

‘हामी यसको दीर्घकालीन प्रभावलाई बुझ्नका लागि पछि थप शोध गर्नका लागि उत्साहित छौँ ।’

युनिभर्सिटी अफ सन्डरल्याण्डसँग सम्बन्धित र यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता डाक्टर म्याथ्यु क्याम्पबेलले यस्तो साधारण गतिविधिको यस्तो परिणाम देखेर आफू हैरान भएको बताए ।

उनी भन्छन्, ‘टाइप १ डायबिटिजद्वारा ग्रसित मानिसका लागि ‘एक्टिभिटी स्न्याकिङ’ एउटा ठुलो परिवर्तनको सुरुवात हुनसक्छ र उनीहरुले पछि थप बढी शारीरिक अभ्यास गर्न सक्छन् । अन्य मानिसहरूका लागि यो ब्लड सुगर स्तरलाई नियमित राख्नका लागि एक सहज तरिका हुनसक्छ ।’

यस प्रारम्भिक चरणको परीक्षणमा टाइप–१ मधुमेहबाट पीडित ३२ जनाले दुई दिनसम्म सात घण्टा बस्ने र आधा घण्टाको नियमित अन्तरालमा हिँड्ने अभ्यास गरेका थिए ।

एक सत्रमा उनीहरुले नियमित अन्तरालमा हिँड्ने विश्राम लिइन् भने दोस्रो सत्रमा उनीहरू बसिरहे ।

उनीहरूको रगतमा चिनीको मात्रा नियमित रूपमा प्रत्येक सत्रको सुरुदेखि ८ घण्टासम्म निगरानी गरिएको थियो । यस अवधिमा सबैले एउटै खाना खाए तर इन्सुलिनको मात्रा परिवर्तन गरेनन् ।

४८ घण्टासम्म चलेको अध्ययनले नियमित रूपमा हिँड्दा रगतमा चिनीको मात्रा कम (६‍.९ एमएमओएल प्रति लिटर) भएको पाइएको थियो भने लगातार बस्दा ८.२ एमएमओएल प्रतिलिटर हुन्छ ।

डा. क्याम्पबेलले यस दृष्टिकोणको दीर्घकालीन फाइदाहरू बुझ्न थप अनुसन्धान गर्ने आशा व्यक्त गरेकी छिन् ।

उनी भन्छिन्, ‘वास्तविकता यो हो कि मानिसहरूलाई थप हिँड्न प्रोत्साहित गर्ने यो सरल तरिकाले धेरै ठुलो जनसङ्ख्यालाई फाइदा पुर्‍याउन सक्छ ।’

standing lafuमधुमेह के हो ? 

जब हाम्रो शरीरले रगतमा रहेको चिनीको मात्रालाई अवशोषित गर्न असमर्थ हुन्छ, तब यो अवस्थाले मधुमेहलाई जन्म दिन्छ ।

वास्तवमा, जब हामी केहि खान्छौँ, हाम्रो शरीरले कार्बोहाइड्रेटहरू तोडेर ग्लुकोजमा परिवर्तन गर्छ ।  

यसपछि, प्यान्क्रियाजबाट इन्सुलिन नामक हर्मोन निस्कन्छ, जसले हाम्रो शरीरका कोशिकाहरूलाई ग्लुकोज अवशोषित गर्न निर्देशन दिन्छ ।

यसले हाम्रो शरीरमा ऊर्जा पैदा गर्छ ।

तर जब इन्सुलिनको प्रवाह बन्द हुन्छ, हाम्रो शरीरमा ग्लुकोजको मात्रा बढ्न थाल्छ ।

diabetes1टाइप १, टाइप २ मधुमेह भनेको के हो ?

त्यहाँ धेरै प्रकारका मधुमेहहरू छन् तर टाइप १, टाइप २ र गेस्टेशनल मधुमेहसँग सम्बन्धित केसहरू धेरै सामान्य छन् । 

टाइप १ मधुमेहमा, तपाईंको प्यान्क्रियाजले हर्मोन इन्सुलिन उत्पादन गर्न रोक्छ । जसका कारण हाम्रो रगतमा ग्लुकोजको मात्रा बढ्न थाल्छ ।

अहिलेसम्म वैज्ञानिकहरूले यो किन हुन्छ भनेर पत्ता लगाउन सकेका छैनन् । तर यसलाई वंशाणुगत र भाइरल सङ्क्रमणसँग जोडेर हेरिन्छ ।

यसबाट पीडित करिब १० प्रतिशत मानिस टाइप १ मधुमेहबाट पीडित छन्।

अर्कोतर्फ, टाइप २ मधुमेहमा प्यान्क्रियाजमा आवश्यकताअनुसार इन्सुलिन उत्पादन हुँदैन वा हर्मोनले राम्ररी काम गर्दैन ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप